Dooars Girl Comes 2nd Runners Up in National Beauty Contest - Miss India Exquisite

राष्ट्रिय प्रतियोगिता मिस इण्डिया एक्सक्विजिट २०१६ को दोस्रो रनर अप बनिन् कृति शर्मा भनी जनाएकी छन तिनको माता बिना शर्माले l

रनर अप कृति शर्माले दिल्लीबाट फोनमा हाम्रा सहयोगी लाई बताए, यो एउटा मिस इण्डिया प्रतियोगिता झै राष्ट्रिय प्रतियोगिता हो जो गत १० नवम्बर दिल्लीमा सम्पन्न भएको थियो l

सानो गाउबाट यहा आइ प्रतियोगिता जितनु मेरो निम्ति ठुलो कुरो हो l अब मेरो लक्षय यसपालीको मिस इण्डिया प्रतियोगिता जित्ने छ l

कृति शर्माको आमा बिना शर्माले बताइन, म धेरै खुशी छु छोरीको उपलब्धिमा l आज नेपाली नारीहरू पनि यस्ता प्रतियोगितामा गएर नेपाली जातिको प्रतिनिधित्व गर्दै जितनु गर्वको कुरो हो l

हाल कृति शर्मा ताइरा इंस्टिट्युटमा प्रशिक्षण लिइरहेका छन l शिक्षक तथा डुवर्स नेपाली साहित्य सभाका अध्यक्ष दिलीप शर्मा घिमिरेले भने, दलमोर गारोवस्ती जस्तो ठाउबाट गएर डुवर्स साथै भारतीय नेपाली नारीको प्रतिनिधित्व गर्दै प्रतियोगितामा दोस्रो रनर अप हुनु हामी डुवर्सवासी गर्वित छौ l

कृति शर्मा सानै उमेर देखि प्रतिभावन विद्यार्थी थिइन l आगामी दिनमा मिस इण्डिया प्रतियोगिता जितेर आउने छिन भन्ने तिनले विश्वास व्यक्त गरे l

Buddhiman Lama, The Times Dooars

Comments

Popular posts from this blog

Largest casino chain Deltin enters Sikkim

Middle age man commits suicide by jumping infront of a train near Siliguri

Several dead bodies of children found in Thailand with their organs removed