GJM issued Press Release yesterday explaining reasons for calling strike on Sept 28th

गोरखा जनमुक्ति मोर्चाले डाकेको आगामी 28 सेप्टेम्बरको दिनको पहाड़ बन्दको उद्धेश्य राज्य सरकारले देखाएको 4 हजार करोड़ झूटो विकास कोषको विरोधमात्रै होइन तर बंगाल सरकारले दबाउन चाहिरहेको गोरखाल्याण्डको मुद्दालाई दीगो बनाउनु पनि हो। भाजपाको सत्ताकाल अर्थात् 2019 भित्रमा गोरखाल्याण्डको मुद्दालाई फत्ते गर्ने गोरखा जनमुक्ति मोर्चाको संकल्पलाई भगांल्न अनि गोरखाल्याण्डको म्याण्डेट घटाएर केन्द्र सरकारमा गोरखाल्याण्डको मुद्दालाई कमजोड़ बनाउन राज्य सरकारले जसरी गोरखाहरूप्रति विभिन्न षड़यन्त्र अनि कुटनीतिहरू गरिरहेका छन् त्यसको विरोध गर्नुको निम्ति पनि हो 28 सेप्टेम्बरको बन्द।

  उक्त बन्द मुख्यमन्त्री ममता व्यानर्जी अनि विमल गुरूङको व्यक्तिगत मतभेदको परिणति होइन तर समग्र गोरखाहरूको उन्मुक्तिको एकमात्र मार्ग गोरखाल्याण्डको मुद्दालाई दीगो राख्नको निम्ति हो। समग्रमा भन्नुपर्दा आगामी 28 सेप्टेम्बरको बन्द गोरखाल्याण्डको म्याण्डेट प्रदर्शन गर्नुको निम्ति पनि हो। विभिन्न डेभलोभमेन्ट बोर्ड तथा अन्य सहुलियतहरूको गुलियोमा गोरखाहरूलाई भुलाउन चाहिरहेको भएतापनि हाम्रो एकमात्र माग गोरखाल्याण्ड हो र आगामी 2019 सालभित्रमा हामी गोरखाल्याण्ड राज्य गठन भएको हेर्न चाहन्छौं भन्ने सन्देश राज्य अनि केन्द्र सरकारलाई दिनुको निम्ति पनि हो उक्त बन्द।
राज्य सरकारले प्रशासन लगाएर पनि उक्त बन्द असफल बनाउने प्रयास गरिरहेका छन्।

उक्त बन्द असफल हुनु भनेको गोरखाल्याण्डको मुद्दा कमजोड़ हुनु अनि गोरखाल्याण्ड विरोधी तत्वहरूलाई उर्जा प्राप्त हुनु हो। पहाड़मा गोरखाल्याण्ड चाहनेहरू धेर छन् या गोरखाल्याण्ड नचाहनेहरू भन्ने दूधको दूध पानीको पानी छुटयाउनको निम्ति पनि आगामी 28 सेप्टेम्बरको बन्द अति नै महत्वपूर्ण रहनेछ।

समग्रमा भन्नुपर्दा गोरखाल्याण्ड चाहने शक्ति पहाड़मा कति छ भन्ने कुरा पनि उक्त बन्दले नै प्रमाणित गर्नेछ। यसले गर्दा समग्र गोरखाल्याण्डप्रेमी जनताले उक्त बन्दलाई सफल पार्न डटेर योगदान पुराइदिने हामी आह्वान गर्दछौं। उक्त बन्दमार्फत हामी गोरखाल्याण्डको मागमा अझै पनि अडिग रहेका छौं र आगामी 2019 सालभित्रमा हामीलाई गोरखाल्याण्ड चाहिन्छ भन्ने सन्देश हामी केन्द्र सरकारसमक्ष पुराउन चाहन्छौं र उक्त सन्देश केन्द्र सरकारसमक्ष पुग्न नदिनलाई राज्य सरकारले उक्त बन्द असफल बनाउने पूर्ण प्रयास गरिरहेका छन्। अब यो बन्द गोरखाल्याण्डप्रेमीहरूको निम्ति आत्मस्वाभिमानको मुद्दा पनि बनेको छ र आफ्नो आत्मस्वाभिमानलाई प्रत्येक गोरखाल्याण्डप्रेमी जनताले टुट्न दिनेछैनन् भन्ने पूर्ण विश्वास हामीलाई छ।

विमल गुरूङ गोरखाल्याण्ड आन्दोलनको शीर हो भने देशभरि छरिएर बसेका डेड़ करोड़ जनता गोरखाल्याण्डका शरीरका अङ्गहरू हुन्। यसैले समग्र गोरखाहरू एक भएर गोरखाल्याण्डको मुद्दालाई बचाउनुको निम्ति आह्वान गरिएको उक्त बन्द सफल बनाउन योगदान पुराउने हामी अपील गर्दछौं।

केन्द्रसम्म गोरखाल्याण्डको आवाज पुराउनुछ, षड़यन्त्रकारीहरूको मुख बुच्याउनुछ, गोरखाल्याण्डको निम्ति यो बन्द सफल तुल्याउनुछ।

Comments

Popular posts from this blog

The World Should Learn From Bhutan

TRAGIC - 5 PEOPLE FROM SILIGURI DEAD IN ROHINI ACCIDENT

Biker Dead in Sikkim Accident