Is Writing Gorkhaland and Gorkha Communal? Asks - GJM
के हो यो ?? "गोर्खाल्याण्ड" र "गोर्खा" शब्द मात्र लेख्दा पुलिस केस लाग्नु??
प्राप्त समाचार अनुसार, आज गोरखा जनमुक्ति मोर्चा केन्द्रीय सह सचिव बिनय तामङलाई दार्जीलिङ नगरपालिका चुनाउको पोष्टरमा "गोर्खाल्याण्ड बनाम बंगाल" र "गोर्खा" लेख्दा ननबेलेबल(गैर जमानती) केस दार्जीलिङ जिल्लापाल अनि दार्जीलिङ सदर थानाबाट लगाएको नोटिस आज पठाइएको छ।
बिनय तामङ माथि "गोर्खा" शब्द लेखेर साम्प्रदायिकता दंगा फैलाउने कोशिस गरेको आरोप लागेको भन्ने जानकारी पाइएको छ।
"कस्तो अचम्म पहाड़ मै आएर बंगालको मन्त्री इन्द्रनील सेनले बिमल गुरूङ, रोसन गिरी अनि 32 जना प्रार्थीहरूलाई बक्सामा हालेर डाँड़ा कटाउने भाषण दिदा किन केस नलाग्नु? के कानुन गोजमुमोलाई मात्र लाग्छ? के बंगालको कानुन साच्चै अन्धो छ?? जस्ले बंगालको मन्त्रीहरूको गल्ती देख्दैन।" गो.ज्.मु.मो का सदस्य हरु प्रस्न गर्छन्।
TheDC
Comments
Post a Comment