Centre to Form Committee to Examine Gorkhaland Demand

प्रेस विज्ञप्ति Press Release
गोरखाल्याण्ड राज्य निर्माणको निम्ति केन्द्र सरकारले 3 सदस्यीय कमिटी गठन गरिने निधो गरेको छ र यसको निम्ति केन्द्र सरकारको तर्फबाट चाड़ै पश्चिम बंगाल सरकारसित पत्राचार गरिनेछ। उक्त आशय केन्द्रिय गृहमन्त्री राजनाथ सिहँले व्यक्त गरेका हुन्। गोरखा जनमुक्ति मोर्चाका महासचिव रोशन गिरीको नेतृत्वमा आज गोजमुमोका एक शीर्ष प्रतिनिधि टोलीले हाल सिक्किम भ्रमणमा रहेका केन्द्रिय गृहमन्त्री राजनाथ सिहँसित गान्तोकको राजभवनमा एक सौहार्दमूलक भेटवार्ता गरेको थियो। सोही भेटवार्ताको क्रममा केन्द्रिय गृहमन्त्री राजनाथ सिहँले गोजमुमो प्रतिनिधि टोलीलाई उक्त कुराको जानकारी गराएका हुन्। गोरखाल्याण्डको मुद्दा केन्द्रमा विचाराधीन रहेको र केन्द्र सरकारले यस मुद्दामाथि अध्ययन- मनन गरेर तीन सदस्यीय कमिटी गठन गर्ने निर्णयमा पुगेको गृहम्नत्रीले गोजमुमो टोलीलाई जनाएका छन्।
यसबाहेक पहाड़मा केन्द्रिय विश्वविद्यालय निर्माण गरिनुको औचित्यबारे पनि टोलीले गृहमन्त्रीसित कुराकानी गरेको थियो भने उक्त विषयमा पनि केन्द्र सरकारको तर्फबाट पहल शुरू भइसकेको उल्लेख गर्दै गृहमन्त्री राजनाथ सिहँले यस विषयमा स्थलगत भ्रमणको निम्ति मानव संशाधन विकास मन्त्री प्रकाश जावड़ेकरलाई चाड़ै दार्जीलिङ भ्रमणमा पठाइने जनाएका छन्। यसबाहेक माननीय गृहमन्त्री राजनाथ सिहँ स्वयं पनि आगामी जून महीनामा दार्जीलिङ भ्रमणमा आउने पनि गोजमुमो प्रतिनिधि टोलीलाई जनाएका छन्।
उक्त भेटवार्ताकै क्रममा प्रतिनिधि टोलीले गृहमन्त्रीसमक्ष गोरखाल्याण्डलगायत 11 जातगोष्ठीलाई केन्द्रिय जनजातिको दर्जा प्रदान गरिनुपर्ने, केन्द्रिय विश्वविद्यालय एवं अन्य बूदाँहरूमाथि बातचीत गर्दै उक्त विषयहरूलाई लिएर एउटा ज्ञापन पनि चड़ाएको छ। भेटवार्तामा सिक्किम पुगेका गोजमुमो प्रतिनिधि टोलीमा क्रमैले  गोजमुमो केन्द्रिय समिति महासचिव रोशन गिरी, गोजमुमो केन्द्रिय समिति उपाध्यक्ष प्रणय थापा, गोजमुमो केन्द्रिय समिति सदस्य एवं स्टडी फोरम सदस्य स्वराज थापा, कालेबुङ जिल्ला गोजमुमो अध्यक्ष आरबी भूजेल अनि युवा मोर्चा नेता बारूद थापा रहेका थिए।
गोजमुमो अध्यक्ष विमल गुरूङको हस्ताक्षर भएको उक्त ज्ञापनमा गोजमुमोले मुख्यरूपमा यथाशीघ्र गोरखाल्याड राज्य निर्माणको दिशामा पहल गर्नुपर्ने अपील गरिएको छ। गोरखाल्याण्ड मुद्दामाथि भाजपाले सहयोग पुराउने भरोषा लिएर नै गोजमुमोले भाजपाको एक घटक दलको रूपमा रहेर 2009 अनि 2014 को लोकसभा चुनाउमा भाजपा प्रार्थीहरूलाई बहुमतले जिताएको र 2009 अनि 2014 को चुनावी घोषणापत्रमा भाजपाले पनि गोरखा अनि आदिवासीहरूको दीर्घकालीन समस्यालाई गम्भीरता एवं सहानुभूतिपूर्वक निरीक्षण गरिने कुरा उल्लेख गरेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ। यसबाहेक 10 अप्रेल 2014 मा सिलगढ़ीबाट प्रधानमन्त्री नरोन्द्र मोदी स्वयंले पनि  “गोरखाको सपना मेरो सपना” भनी वक्तव्य सार्वजनिक गरेको उल्लेख गर्दै प्रधानमन्त्रीसमक्ष गोजमुमो टोलीले गोरखाहरूको एकमात्र सपना गोरखाल्याण्ड रहेको बताउँदै उक्त सपना पूरा गरिदिने आशा लिएर गोरखाहरूले प्रधानमन्त्रीको पदक्षेपको आशा साचिरहेको पनि ज्ञापनमा उल्लेख गरिएको छ।
यसबाहेक 11 जातिलाई जनजातिको दर्जा प्रदान गर्ने अनि पहाड़मा केन्द्रिय विश्वविद्यालय निर्माण गर्ने विषयमा पनि केन्द्र सरकारले चाड़ै पहल शुरू गरिदिने अपील उक्त ज्ञापमा गरिएको छ। गोरखा समुदायका 11 वटा जातगोष्ठीलाई जनजातिको दर्जा प्रदान गरिएको खण्डमामात्रै आर्थिक, सामाजिक अनि सांस्कृतिकरूपमा पछौटे वर्गको रूपमा रहेको उक्त जातगोष्ठीको विकास हुने तथा उनीहरूको सांस्कृतिक सुरक्षा पनि सम्भव हुने ज्ञापनमा भनिएको छ। यसको निम्ति केन्द्रिय जनजाति मन्त्रालयबाट डेप्युटी जेनरल भिशु मियानीको नेतृत्वमा कमिटी पनि गठन गरिएको र उक्त कमिटीका पदाधिकारीहरूले सिक्किम अनि दार्जीलिङमा निरीक्षण भ्रमण पनि गरिसकेको उल्लेख गरेको छ। यसबाहेक बंगालका मुख्यमन्त्री ममता व्यानर्जी अनि हिमाचल प्रदेशका मुख्यमन्त्री वीरभद्र सिहँले पनि अगावै गोरखा जातिका 11 वटा जातगोष्ठीलाई जनजातिको दर्जा प्रदान गर्न केन्द्र सरकारसमक्ष  अनुमोदन पठाइसकेको पनि उल्लेख गर्दै केन्द्र सरकारले अब यस दिशामा यथाशीघ्र पहल गरिदिनुपर्ने माग गरिएको छ।
आजको भेटवार्ता एवं ज्ञापनमा उल्लेख गरिएका समग्र बूँदाहरूमाथि गृहमन्त्रीसित खुबै फलप्रद एवं सकरात्मक कुराकानी भएको छ। गृहमन्त्री राजनाथ सिहँसित भएको आजको भेटवार्ताले निकट भविष्यमा गोरखाहरूलाई ठूलो उपबल्धि प्राप्त हुने कुरामा हामी आशावादी छौं।
रोशन गिरी
महासचिव
गोरखा जनमुक्ति मोर्चा, केन्द्रिय समिति।

Comments

Popular posts from this blog

Largest casino chain Deltin enters Sikkim

Middle age man commits suicide by jumping infront of a train near Siliguri

Several dead bodies of children found in Thailand with their organs removed