सम्पतीकै लागि एक महिलाको बिभत्स हत्या गर्ने पक्राउ
रङ्गेली/मोरङको कानेपाखरी गाउँपालि ७ कानेपाखरी जंगलमा आठ महिना एक महिलाको हत्या सम्पती हत्याउन बिभत्स तरिकाले हत्या गरेको प्रहरीले बताएको छ ।
एक भारतीय महिलाको हत्याको आरोपमा हत्यामा संलग्नलाई मोरङ प्रहरीले पक्राउ गरी बिहीबार पक्राउ गरेर सार्वजनीक गरेपछि सो रहस्य खुलेको हो ।
भारतको दार्जीलीङ पश्चीम बङगालका ४२ वर्षीय राजकुमार प्रधानलाई मोरङ प्रहरीले पक्राउ गरेर सार्वजनीक गरेको हो । अभियुक्त प्रधानले आठ महिना अगाडि सुनसरीको धरान १५ माईती भएकी भारतको सिलीगुडी चम्पासरी घर भएका लिला शर्मा दाहाललाई मोरङको कानेपोखरी जंगलमा ०७३ असोज १० गते हत्यागरी फरार रहेका थिए ।
मृतक दाहालका देवर विमल शर्माले दिएको उजुरीको आधारमा लामो अनुसन्धानपछी प्रधानलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय मोरङ प्रहरी उपरिक्ष सन्दीपराज भण्डारीले बताए । ईलाका प्रहरी कार्यलय पथरीमा मनमायाका देवर विमल शर्माले उजुरी दर्ता गराएका थिए ।
आठ महिना पहिला मृतक दाहाल र प्रधान विर्तामोडबाट मोटर साईकलमा ईटहरी आउदै गरेको अवस्थामा कानेपोखरीको जंगलको सडक खण्डमा र्आेलेर मृतक दाहाल पिसाव फेर्दै गर्दा प्रधानले टाउकोमा ढुङगाले हिर्काएर हत्या गरेर फरार रहेको प्रहरीले प्रधान संग लिएको बयानमा खुलेको प्रहरी उपरिक्षक भण्डारीले बताए । अभियुक्त प्रधान र मृतक दाहाल विच अनैतीक सम्बन्ध रहेको मोरङ प्रहरीको अनुमान छ । अभियुक्त प्रधान र मृतक दाहालका श्रीमान जग्गाका कारोबारका हिस्सेदार थिए ।
Read more..
जघन्य हत्या गरेर खुल्ला हिड़ढुल गर्ने व्याक्ति राज कुमार प्रधान नेपालमा पकड़ाउ , आइतबारका दिन आँखा देखाउनु भनी गएकी श्री स्व० कमल दाहाल ( पण्डित जी ) को श्रीमती लिला दाहाल लाई सोहि राती हत्या गरी पत्थरीको कानेपोखरी जंगलमा विभत्स प्रकारले हत्या गरेकोमा अभियुक्त सालबारी , मेथीबारी काजीमान पथ निवासी राज कुमार प्रधानललाई लामो समय पछि नेपाल पूलिसले हििरासतमा लिन सफल भ ए पछि उसले आफुले हत्या गरेको कबुल नामा स्वीकार गरेको खुलासा नेपाल टेलिभीजन र नेपाल खबर कागजले खुलासा गरेको छ । स्व• कमल दाहाल संग राजकुमार प्रधान जमिन किनबेच मा हिस्सा दारि थियो । कमलको मृत्यु पछि श्रीमती संग कारोवारमा हिस्सदारि साथै लेन देेनमा संगल्गन भएको थाहा भयो । राज कुमार प्रधान सातिर खेेलाड़ी रहेछ भन्ने गाउँ बासीलाई पनि थाहा भयो । यतिका दिन सम्म धाक फुकाएेर घुमि हिड़ेको थियो , साथैै दुष प्रचार गर्दै हिड़दै थिएछ । आज आएर नेपाल पूलिसको दरिलो पंञ्जामा परेको सबै सबै लाई थाहा लाग्यो,यँहा बाट लगेर नेपालमा मारे पछि कसैले थाहा पाउदैन भन्ने त्यस ब्याक्तिले सोचेर यस्तो खेल गरेको रहेछ । यस्तै सायद अरू पनि गरेेको हुन सक्छ , र नै यसरी ८महिना लाग्यो सफलता पाउनु । स्व कमल दाहाल र स्व लिला दाहालका मसिना नानी हरू छन् ढेड़ बर्ष भित्रमा सद्धे टुरा टटुरी बनाई दिए , के खाऊ के लगाऊ भन्ने बेलामा यस्तो गरेर ति बालाखाहरू को मुखेन्जी कसरी हिड़नु सकेको ? सम्पुर्ण पैसा सुन चाँदी साथै जग्गा जमीनकोो कागाजाात पनि हत्याई सकेको भन्ने सुन्नमा आयो नानीहरू को साथै घगर परिवार बाट ।
धनको लोभ अर्काको सम्पती माथी , यस्तो लाई उचित दण्ड हुनुु पर्छ । नेपाल पूलिसलाई हामीले मूरी मूरी धन्यवाद न दिइ रहनु सक्दैनौ, वाँहा हरूले ठूलो कॅतब्य गरेर देखाउनु भएको छ ।
धनको लोभ अर्काको सम्पती माथी , यस्तो लाई उचित दण्ड हुनुु पर्छ । नेपाल पूलिसलाई हामीले मूरी मूरी धन्यवाद न दिइ रहनु सक्दैनौ, वाँहा हरूले ठूलो कॅतब्य गरेर देखाउनु भएको छ ।
No comments:
Post a Comment