Back to Back Twin Earthquake Shakes Nepal

Earthquake measuring 5.0  and 4.7 on the richter scale hit Nepal on Monday. The epicentre was 2 km from Farpu in Nepal. The depth of the earthquake was recorded at 10 km below sea level.

काठमाडौं, फागुन १६ – रामेछाप केन्द्रबिन्दु भएर सोमबार बिहान भूकम्पको दोस्रो झड्का महसुस भएको छ । बिहान १० बजेर ६ मिनेट जाँदा रामेछापमै केन्द्र बनाएर ४.७ रेक्टर स्केलको पराकम्पन गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ । यसअघि सोमवार बिहानै ९ बजेर २२ मिनेट जाँदा भूकम्पको पहिलो झड्का महसुस भएको थियो । दोस्रो भने त्योभन्दा बढी ४.७ म्याग्निच्युडको थियो। परकम्प काठमाडौँका केही स्थानमा समेत महसूस गरिएको थियो।

भुकम्पको धक्का दोलखा, रामेछाप आसपासका जिल्ला सहित काठमाडौंमा समेत महसुस भएको थियो । गत वर्ष गोरखा केन्द्रबिन्दु बनाई गएको भूकम्पको परकम्प फेब्रुअरी महिनामा रेकर्ड गरिएको यो तेस्रो पटक हो। यसअघि माघ २७ गते धादिङ केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको भूकम्पको धक्का महसुस भएको थियो ।  यसअघि धादिङ र दोलखा केन्द्र बनाई परकम्प गएको थियो।

२०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर सात दशमलव ८ म्याग्निच्यूडको भूकम्पपछि अहिलेसम्म चार म्याग्निच्यूडभन्दा माथिका चार सय ७६ परकम्प गइसकेको केन्द्रले जनाएको छ ।

Comments

Popular posts from this blog

Largest casino chain Deltin enters Sikkim

Middle age man commits suicide by jumping infront of a train near Siliguri

Several dead bodies of children found in Thailand with their organs removed