Tuesday, 6 December 2016

27 yrs BSF jawan from Dooars gets killed at a road accident in Madhya Pradesh

27 year old BSF jawan Durga Chettri gets killed in a road accident at Tekanpur in Madhya Pradesh. He was a resident of Ghassmari Gote busty at Nagrakatta in Dooars.

Durga was coming from Railway station after dropping his friend when some vehicle hit his bike from the back. The hit was so immense that even his helmet broke into pieces.

Durga has two brothers, both work in Indian Army, mother and wife. Wife Devi Maya Chettri is 4 months pregnant and after hearing husbands death news her health deteriorated and has been admitted at the hospital.

Entire region has been saddened due to this news. Durga's body was cremated with full honours yesterday beside Diana river in Dooars. May his soul rest in peace.

नगरकट्टा खण्ड अन्तर्गत घाँसमारी गोठ वस्ती क्षेत्रका एक जना बीएसफ जवान दुर्गा छेत्रीको (२७) सडक दुर्घटनमा परी मृत्यु भएको समाचार प्राप्त भएको छ ।

दुर्गा छेत्री मध्यप्रदेश राज्यको टेकनपुर भन्ने ठाउँमा बी.एसएफ छावनीमा कार्यरत रहेका थिए । साथीलाई स्टेशनमा पु¥याइ फर्किनेक्रममा तिनको सड़क दुर्घतनामा परी मृत्यु भएको परिवार सूत्रले जनाएको छ ।

पार्थीव शरिरलाई बीएसफका उच्च अधिकारहिरुले आइताबार राती निजी वास स्थानमा पु¥याई गार्ड अफ अनरको साथ अन्तिम संस्कार गरिएको बताइएको छ ।

उक्त घटनाले सारा सोलकापाडा लगायत नगरकट्टा वासीलाइ नै शोकाकुल बनाएको छ । छेत्रीको मृत्युको शोकमा सोलकापाडा बजारलाई तीन घण्टको निम्ति आइतबार दिउँसो बन्द राखिएको थियो ।

प्राप्त जानकारी अनुसार दुर्गा छेत्री २ दिसम्बरको दिन आफ्ना एक जना सहकर्मीलाई रेलवे स्टेशन छोडन भनी गएका थिए ।

स्टेशनबाट फर्किनेक्रममा पछाडीबाट एक अज्ञात वाहनले ठोक्कर दिदा तिनको घटना स्थलमा नै मृत्यु भएको थियो । टाउको हेलमेट सम्म टुक्रा भएको थियो ।

जब उक्त घटना घाँसमारी गोठ वस्ती क्षेत्रमा फैलिन साथ सबै मानिसहरु शोकमा डुबेका थिए । एक महिना अघि मात्र छुट्टीकाटी तिनी ड्यूटीमा फर्केका थिए ।

दुर्गा छेत्रीको विवाह केही वर्ष अघि मात्र भएको अनि अहिले पतनी देवीमाया छेत्रीको खाकमा ४ महिनाको एक छोरा रहेको छ ।

घटना सुनेको दिनदेखी नै पतनीको हालत नाजुक रहेको अनि तिनलाइ पनि अस्पतालमा भर्ना गरिएको सूत्र मार्फत थाह लागेको छ ।

आमा गंगा माया छेत्रीले भने अनुसार घटनाको अघिलो दिन छोराले वुहारीसंग लामो गफ गर्दै नानीको हाल खबर लिएको अनि नानीलाई धेरै ख्याल राख्नु भनी फोन गरेको भन्दै आमा विलाप गर्दै मुर्छा पर्छीन ।

दुर्गा छेत्री घर परिवारको आर्थिक स्थितीलाई हेर्दै आज भन्दा ८ साल अघि मात्र फौजमा भर्ती भएका थिए । दुइ भाई मध्ये कान्छा भाइ पनि भारतीय सैन्य सेवामा रहेको अनि भाई पनि हिजो नै घर पुगी दाजुको अन्तिम संस्कारमा भाग लिएको पनि थाह लागेको छ ।

आइताबार राती तिनको शरीरलाई कुची डायना नदीको जंगल किनारमा नै बीएसफ अधिकारीरुको उपस्थितीमा दाह संस्कार गरिएको थियो ।

तिनको मृत्युलाई लिएर पुरा इलाकामा नै शोकको लहर छाएको छ । गाउँमा रहँदा पनि दुर्गा छेत्री कुनै पनि आपती विपती आइ पर्दा सबैलाइ मदत पु¥याउने गर्थे । जसको कारण गाउँ घरका मानिसहरु उसको मृत्युलाई भुल्न नै न सकने भन्द्रै विलाप गरे ।  

Nanda Poudel, ILS