Wednesday, 16 November 2016

Note Ban - Jamshedpur family gives cheque to son-in-law in Nepal on Engagement day

A family from Jamshedpur in India during their daughters engagement at Birganj in Nepal had to give their would be son-in-law a cheque as they were under note crisis due to the demonitisation going on here. The money is not dowry but it's a token of love or more of a tradition in Hindu wedding.

वीरगन्ज– केटी पक्षले बेहुला केटाको हातमा ‘पुजाई’को विधिमा द्रव्यको संकल्प गर्दा नगदको साटो चेक हालिदिएको यो सायद पहिलो घटना हुनुपर्छ। भारतको जमसेदपुरबाट केटी पक्ष टिकाटालोको लागि वीरगन्ज आइपुगेका हुन्। स्थानीय लोकचलन अनुसार ‘पुजाई’ भनिने यस विधिमा केटा पक्षले केटीको हातमा नगद र गरगहना राख्छ भने, केटीका बाबुले एक अञ्जुली अन्न, पानको पात, सुपारी आदीसँग नगद ‘द्रव्य’ राखेर पुरोहितले सिकाइदिएको संस्कृत वाक्यमा केटालाई ज्वाईं बनिदिन आग्रह गर्छन्।

भारतबाट आएको केटीपक्षले आफूहरुसँग नगद नहुँदा टीकाटालो हुँदा केटाको हातमा चेक राखिदिए। वीरगन्जको होटेल सुरजमा राखिएको टिकाटालो सबैका लागि नयाँ अनुभूतिको अवसर बन्यो। भारतमा प्रतिबन्ध लागेको ५ सय र हजार दरको नोटमाथि प्रतिबन्ध लागेपछिको नेपालको सामाजिक परम्परामा परेको असरबारे यो एउटा प्रतिनिधि घटना हो। भारत झारखण्डको जमसेदपुरबाट डा. सुरेन्द्र यादवले छोरी डा. प्राची यादवको पुजाईमा हुनेवाला ज्वाई डा. निरज यादवको हातमा नगदको सटो २१ हजार रुपैयाँको चेक राखेर संकल्प गराएका थिए।

‘मैले पुरोहित्याईं गरेको ३ दशक भयो, पुजाईको विधिमा अञ्जुलीमा चेक हालेको यो पटक हो,’ पुरोहित देवेन्द्रनाथ तिवारीले भने, ‘मलाई अचम्म लागिरहेको थियो, जे होस् विधि पूरा भयो।’ केटी पक्षबाट आएका आफन्त शुरेश यादवले नगद अभाव धेरै भएपछि ‘रशम’ पूरा गर्न चेकको साहारा लिनु परेको बताए। उनका अनुसार नगदको हाहाकारले हरेक भारतीयलाई छोए पनि सबभन्दा बढी गरिब वर्गलाई समस्या भएको छ । घर परिवार मिलेर जुटाएको नगद रकम किनमेल मैं खर्च भएपछि आफूहरुले हातमा चेक हालिदिएको उनले बताए।

यता केटा पक्ष दंग छ, नौलो चलन भयो भनेर । भारतमा आएको पाँच सय र हजार दरको रुपैयाँमा प्रतिबन्धले नेपालको सामाजिक परम्परामा पारेको असरको एउटा उदाहरण भएको केटाका दाजु प्रदीप यादवले बताए। ‘दाइजो बिनाको बिहे हो यो, विधिअनुसार केटी पक्षले केटाको हातमा आफ्नो श्रद्धा अनुसार नगद हालिदिने हो,’ केटाका दाजु यादवले ठट्यौली गर्दै भने, ‘भाइको बिहेमा बैंक अफ इण्डियाको चेक आयो, हाम्रो खन्दान मात्र होइन, गाउँ एरियामैं पहिलो घटना हो ।’

भारतीय रुपैयाँको अभावलेले वीरगन्ज जस्ता व्यापारिक सहर मात्र होइन् साना नाकाहरुमा समेत प्रभाव देखिन थालेको छ । आफन्तहरुको आवागमन मात्र होइन् सदरमुकामबाट टाढा रहेका सीमावर्ती गाउँका मानिसहरु किनमेलका लागि सीमापारिका बजारमा जाने, सानातिना आवश्यक्ताका लागि पनि त्यता पुगिदिने जस्तो चलन थियो। भारुको समस्याले अब त्यो रोकिएको छ ।

सटहीमा भने भारतीय रुपैयासँग नेपाली रुपैयाँ सीमावर्ती क्षेत्रमा बलियो देखिएको छ। सय भारतीय रुपैयाँको सटही एक सय ६० हुनुपर्नेमा पहिले कलोबजारीमार्फत १ सय ६८ सम्ममा लिनेदिने गरिएको थियो। अनौपचारिक बजारमा अब पाँच सय र हजार दरको नोट लिदा सो बराबर नेपाली रकम दिएर हुने भएको छ।