Wednesday, 23 November 2016

GJM extends Support to Ongoing GJKM Hunger Strike for Gorkhaland in Siliguri

The Gorkha Janmukti Morcha have extended their moral support to the ongoing hunger strike being conducted by the Gorkha Jan Kalyan Mancha.

In a press release, GJM General Secretary Shri. Roshan Giri has said, "the GJM welcomes the ongoing indefinite hunger strike being conduced by GJKM President Krishna Chettri, and we assure them that GJM will support them whole heartedly."

Mr. Giri also said, "a GJM team will visit the hunger strike venue tomorrow to take stock of the situation, and also to extend our moral support to the hunger strike."

Here is the full press release

नव गठित राजनैतिक दल गोरखा कल्याण मञ्चका अध्यक्ष कृष्ण छेत्रीले गरिरहेको आमरण अनशनलाई गोरखा जनमुक्ति मोर्चा पूर्ण समर्थन गर्दछ। श्री कृष्ण छेत्रीले गत 15 नोभेम्बर 2016 देखि नै लिम्बु बस्ती, प्रकाश नगर सिलगढ़ीमा गोरखाल्याण्डको माग गर्दै आमरण अनशन गरिरहेका छन्। उनको उक्त अनशनलाई गोरखा जनमुक्ति मोर्चा सह्रदय स्वागत जनाउँदै गोरखाल्याण्डको निम्ति गोरखा जनमुक्ति मोर्चा सदैव उनको सहयोगमा रहने पनि उनीलगायत उनका सहयोगीहरूलाई आश्वस्त गराउन चाहन्छौं।

गोरखा जनमुक्ति मोर्चाको एक टोलीले सम्भवतः भोलि अनशन स्थलको भ्रमण गरी श्री कृष्ण छेत्रीसित भेट पनि गरी गोरखाल्याण्डको निम्ति गोजमुमो पनि उनको समर्थनमा रहेको उनलाई अवगत गराउनेछन्।

गोरखाल्याण्डको मागमा गोरखा जनमुक्ति मोर्चाले धेरै समयदेखि संघर्ष गरिरहेको छ। हालैमा पनि गोजमुमोको तर्फबाट केन्द्रिय गृहमन्त्री राजनाथ सिहँसित भेटवार्ता गरी गोरखाल्याण्ड निर्माणको निम्ति तुरून्तै निरीक्षण कमिटी गठन गरिनुपर्ने माग राखिसकेको छ भने गृहमन्त्री महोदयको तर्फबाट पनि यस विषयमा सकरात्मक आश्वासन प्राप्त भएको छ। यसबाहेक यही दिसम्बर महीनादेखि गोजमुमोले दिल्लीमुखी गोरखाल्याण्ड आन्दोलनको रूपरेखा पनि तयार बनाइसकेको छ। गोरखाल्याण्डको निम्ति केन्द्र सरकारको मनोभाव धेरै सकरात्मक रहेको नाताले यो समय गोरखाल्याण्डको निम्ति धेरै महत्वपूर्ण रहेको हामीले महशुष गरिरहेका छौं। यसैले राज्य सरकारले बलजफ्ती दबाउने प्रयास गरिरहेको गोरखाल्याण्डको आवाजलाई केन्द्र सरकारसमक्ष पुराउने जमर्को गोजमुमोले गरिरहेको छ। गोजमुमोको उक्त जमर्कोसितै गोरखा कल्याण मञ्चका अध्यक्ष श्री कृष्ण छेत्रीले गरिरहेको आमरण अनशनले पनि गोरखाल्याण्डको मुद्दालाई ठूलो टेवा पुग्ने हामीलाई विश्वास छ।

गोरखाल्याण्डको निम्ति आवाज उठाउने हरेक राजनैतिक, सामाजिक संघ-संस्थाहरूलाई गोरखा जनमुक्ति मोर्चा सह्रदय स्वागत अनि समर्थन जनाउँदछ, किनभने गोजमुमो सत्ताको स्वार्थ लिएर होइन गोरखाल्याण्डको निम्ति प्रतिवद्धता लिएर स्थापना भएको राजनैतिक दल हो। गोरखाल्याण्ड हरेक गोरखाहरूको सपनामात्रै होइन तर राजनैतिक अधिकार पनि हो। यसैले यस मुद्दालाई सबै गोरखाहरूले आ-आफ्नो हिसाबले अघि बड़ाउन सक्नेछन्। ज-जसले पनि गोरखाल्याण्डको मुद्दालाई समर्पित अनि इमान्दारिताको साथ उठान गर्छन् उनीहरूलाई गोरखा जनमुक्ति मोर्चा हरेक प्रकारको सहयोग जुटाउन पनि सदैव तत्पर रहनेछ।

श्री कृष्ण छेत्रीले गोरखाल्याण्डको निम्ति शुरू गरेको आमरण अनशन गोरखे समुदायभित्रै रहेको मीर जाफरहरूलाई पनि ठूलो शिक्षा हो। सत्ता अनि सम्पतिको प्रलोभनमा आफ्नो जातिको चिह्नारी र अधिकार बेचेर होइन तर जातिको उन्मुक्तिको निम्ति समर्पित भएर गोरखाल्याण्डविरोधी तत्वहरूसित लड़्नु प्रत्येक गोरखाहरूको धर्म अनि कर्म हो।

डेड़ करोड़भन्दा अधिक गोरखाहरूको सपना अनि अधिकार बेच्ने अधिकार कसैलाई छैन । यसैले बाटो अलग होस्, सिद्धान्त अलग होस् तर लक्ष्य हाम्रो एउटै होस्। हाम्रो लक्ष्य गोरखाल्याण्डको मुद्दालाई दबाउने होइन तर मजबूत बनाउने हुनुपर्छ। यस हिसाबमा  पनि हामी गोरखा कल्याण मञ्चका अध्यक्ष कृष्ण छेत्रीको आमरण अनशनलाई सह्रदय समर्थन जनाउँदछौं र राज्य अनि केन्द्र सरकारले उनको मागलाई यथाशीघ्र पूरा गरिदिनुपर्छ भन्ने पनि हामी माग गर्दछौं।

श्री रोशन गिरी,